कचहरी

प्रकाश ब~ाजारा ूविहानीू

आज  नन्दराम रातभरी  निदाएन  निदाओस पनि कसरि  काखको छोरो गोरे  बिरामले थला परेको छ  बाबा बिरामी भनेर  हिजै माइत  हिडेकी गोरेकी आमा  अहिले सम्म फर्किएकी छैन  ।गोरे  निकै  सिकिस्त  भा को छ । आँखाहरु  राता राता  भाका  छन्  अनुहारमा पटक्के  खुन देखिदैन  बल्ल बल्ल  विहा गरको  पाँच बर्ष पछि  जन्मेको एउटा सन्तान  आमा बाबुको  प्यार ले  नपुगेर  अस्ताउनै लागेको छ ।  गाँऊका सामाजिक भनाउदाहरु  यतिबेला  खै कता  जान्छन् गरिव दुखिका दिन कहिल्यै  नफिर्ने भए  नन्दराम यस्तै  कुरा सोच्दै  चल्लीमा हात राखेर  मोतीका दानाहरु बसा्रउन लाग्छ ।

हुन पनि  आज उसलाइ  पर्नुसम्मको पिर परेको छ  पाँच पाँच  बर्षसम्म  बच्चा नजन्मिदा  उसको अन्धो सम्ााजले  उसलाइ  बर्षाएका  शकाँका पोकाहरु  फुट्न थालेको छन् उसको कुभलो चाहाने  बैरीहरु  हास्न थालेका छन् उ भने रोएर आफनो  मनलाइ  बुझाउने प्रयत्न गर्दैछ ।उता ससुरालीमा पनि के भयो गोरेकी आमा  अहिले सम्म  फर्किने सुरसार  गर्दिन  । नन्दराम  घोप्टो परेर घुँक्क घुँक्क रोइरहेको छ । नन्दराम त छोराको पिरले के गरौ  कसो गरैाँ भनेर अनिर्णयको बन्दि बनेको छ  तर गोठमा  बाँधेका गाई बस्तुहरुले  उसलाइ पटक्कै साथ दिएनन्   ।खोरमा भएका  बाख्राहरु  गोठमा भएका  गाइबस्तुहरु  ठुलो ठुलो स्वरमा चिच्याइरहेका थिए  ।तर यो चिच्याहटले  उता नन्दरामका  निभ्नै लागेका  ससुरा फुस्केछन् ।त्यो हावा  जोडले  बहन थालेछ  त्यही बेजोडको हावाले  गोरेलाइ पनि  साँसारिक बन्धनबाट  टाढा लिएर  गएछ । नन्दराम सँसार भुलेर छोरालाइ अँगालो हालेर रुन लाग्यो उसको घुँक्क  घुँक्क आबाज  नजिकैको  जँगलमा चराहरुको चिरविर चिरविर सँगै  अनि  गन्तव्यको निम्ती दौडिरहेका  झरनाहरुको सुसाइहरु सँगै मिसियो

नन्दरामको झुपडि आज यति बेस्सरी  रुँदा पनि  उसको  समाज भुस निन्द्रामा निदाएकाृे   छ त्यहाँ कसैलाइ कसैको  प्रवाह छैन ।भौतिक  त परै जावस भावनाको सानो सहयोग गर्ने मनसम्म पनि  जन्माउन सकेन  त्यो निर्दयी समाजले  ।

रुँदा रुँदा नन्दरामका  आँखामा आसुहरु  सिद्धिए तागत कमहुदैँ गयो  बल कत्तीपनि छैन छोरालाइ पोखाएको त्यत्रो ममता पनि त्यत्तिकै खेर गयो  ।उ बसेको ठाउँबाट उठ्नै नसक्ने गरि थला पर्यो ।दुइ दिन देखि हरियो नदेखेका उसको गोठका  गाइ बस्तुहरु  पालकले रक्षा  नगरेपछि आफनो सोझो गर्ने तर्फ लागे  ।दाम्लाहरु  चुडिएँछन् गोठको नजिकैमा  रहेको पल्लाघरको कादो बारिमा पसेर लहलह  हरियालीमा भोक मेटाउन थाले ति निर्दोष पसुहरु ।

अर्काको दुखमा सन्तुष्ट हुने त्यो समाज हर्रि्रएर नन्दराको झुपडिमा भेला भयो । आफना गोठका गाइ बस्तुको हेरचाह गर्न नसक्नु उसको कमजोडी देखाइयो ।सन्तान वियोगको पिडाले  अलिकति अल्झेको नन्दराम आफुले बोल्ने शब्दहरु खोज्नमा ब्यस्त  थियो  घरमा कचहरी बसेको थियो समाजका सबैले नन्दराम तिर चोरऔला हरु तेसा्रएका थिए ।

patrakarbhai@yahoo.comprakash banjara  bihani

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.