जता पाइन्छ हरियाली उतै चरे हुन्छ(इखालु रमेश)

Copy of NEpali haruko bhidma Yak chhinगजल

इखालु रमेश

जता पाइन्छ हरियाली उतै चरे हुन्छ निशा
मेरो माया खल्लीबल्ली बसाँई सरे हुन्छ निशा
 

लेक,बेसी,घाँसपात मेला जान नसक्नेले
पहाड छाडी लुरुलुरु तराई झरे हुन्छ निशा
 
अरुले हात्ति चढ्दा धुरी चढ्न खोज्छ्यौ भने
हाँसी हाँसी बिदा तिम्लाई खोली तरे हुन्छ निशा
 

अजम्वरी मेरो माया,सम्बन्धलाई लत्याएछी
उम्लिएको तिम्रो वैंस अन्तै छरे हुन्छ निशा
 
झुटो माया पिलाई मलाई जीवन उजाड पारेपछी
स्वप्नलोकको राजासँग स्वयम्वर गरे हुन्छ निशा

1 Responses to जता पाइन्छ हरियाली उतै चरे हुन्छ(इखालु रमेश)

  1. prakash banjara भन्नुहुन्छ:

    OOOOOOOOOOOOOOOOOoooooo nice gajal.
    Keep it up

टिप्पणी छोड्नुहोस्