बाचा भन्दै के के खुवाएउ तिमीले

जुन 29, 2009
हजुरहरुको  सेवा  गर्ने  सदैको  साथी

हजुरहरुको सेवा गर्ने सदैको साथी

                                        प्रकाश बन्जरा बिहानि
बाचा भन्दै के के खुवाएउ तिमीले
जिन्दगीमा धेरै रुवायौ तिमीले

मायामा त त्याग नै महान सिकाएउ
देव भन्देइ ढुङ्गा छुवाएउ तिमीले
सोझो थिए म त धेरै नै बाङ्गायौ
म जस्तै कति कुवाएउ तिमीले
आँखाहरु मेरा चन्चल चन्चल भन्थिएउ
अश्रुधारा निकै चुवएउ तिमीले

 सिधिएछु म त आन्शु नै झारेर
मेरै आसु थापी नुवाएउ तिमीले

साउनए चउर -९ खोटाङ

lovely_bihani04@yahoo.com


गजल (सवाल+जवाफ)

जुन 27, 2009

       गजल (सवाल)

बगैचामा फूलिहिँड्ने फूल सोच्यौ मलाई
चौबाटोमा टाँगीएको तुल सोच्यौ मलाई

 सृष्टिले जन्माएकी सिर्जना हुँ म त
अभागीको बेहोसीको भूल सोच्यौ मलाई 

कोखबाट अमृतसरी धारा बगाई दिएँ
जवानीको छाती पोल्ने शुल सोच्यौ मलाई 

सिर्जनाको मुहान भएपनि जानी राख
बर्षैपिच्छे फुटि राख्ने मूल सोच्यौ मलाई 

हामी पनि डुल्छौ एकदिन चन्द्र अनि मंगल
बाढीसँगै बगी जाने पूल सोच्यौ मलाई

 मीना थापा बिष्ट
हाल ः दोहा,कतार ।

(साभार ः ११ जुन २००९ को राजधानी साप्ताहिकबाट)
 
          गजल (जवाफ)

तिमीलाई पलाँसको फूल सोच्या छैन मीना
चौबाटोको बेवारिसे तुल सोच्या छैन मीना 

सृष्टिले नै जन्माउँछ निर्माण अनि निर्वाणहरु
तिम्रो सृष्टि उन्मातको भूल सोच्या छैन मीना 

तिम्रो कोखको अमृत्वमा दैत्यपान नहोस् चाहेँ
छछल्किएको जवानीलाई शुल सोच्या छैन मीना 

सिर्जनाकी मुहान तिमी हिमनदी बन्नु पर्छ
हिउँद लाग्दै सुकी जाने मूल सोच्या छैन मीना
 
चन्द्र अनि मंगलसँगै आधा आकाश तिमी नै हौ
जवानी र वैंस तार्ने पूल सोच्या छैन मीना

 – इखालु रमेश


जता पाइन्छ हरियाली उतै चरे हुन्छ(इखालु रमेश)

जुन 27, 2009

Copy of NEpali haruko bhidma Yak chhinगजल

इखालु रमेश

जता पाइन्छ हरियाली उतै चरे हुन्छ निशा
मेरो माया खल्लीबल्ली बसाँई सरे हुन्छ निशा
 

लेक,बेसी,घाँसपात मेला जान नसक्नेले
पहाड छाडी लुरुलुरु तराई झरे हुन्छ निशा
 
अरुले हात्ति चढ्दा धुरी चढ्न खोज्छ्यौ भने
हाँसी हाँसी बिदा तिम्लाई खोली तरे हुन्छ निशा
 

अजम्वरी मेरो माया,सम्बन्धलाई लत्याएछी
उम्लिएको तिम्रो वैंस अन्तै छरे हुन्छ निशा
 
झुटो माया पिलाई मलाई जीवन उजाड पारेपछी
स्वप्नलोकको राजासँग स्वयम्वर गरे हुन्छ निशा


गजल

जुन 9, 2009

प्रकाश को पिरती मा समिप भ इ बस्छौ भने
छ राउला नि पुष्प गुच्छा लगन गा थो कश छौ भने

जतै पनि झल्मलौने तिमी त ए सुन्दरी हौ
जानी जानी पूर्ण चन्द्र अन्ध्यरोमै खस्छौ भने
धलिमली स्यहाँर सुसार हुन्न सानी झुप्रो भित्र
नाआउनु है गरीबको मन छानी छानी दश्छौ भने
शुभ लग्न भनिकन बारीयती लिइ आउँला
सुकुम बाशी बश्थी भित्र हासी हासी पस्छौ भने
गजल
प्रकाश बन्जरा बिहानि
साउनएछौर नौ खोटाङ