संक्रमण कालमा साहित्यकारको भूमिका

जुन 5, 2009

on May 27th, 2009

भोजराज श्रेष्ठ, दोहा-
संक्रमण कालमा साहित्यकारको भूमिका विषयक अन्तरक्रिया तथा साहित्यिक कवि गोष्ठि सनैया ३७ मा विहिवारका दिन संस्थाक उपाध्यक्ष महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो ।
भाषाको उत्थान, नेपालीको पहिचानको मुल नारा वोकेको यस सस्स्थाले दोहाको परिवेश मा साहित्यक्रमीहरुलाई समेटेर गोष्ठीहरु गरिरहेको छ त्यो एकदमै सकरात्मक र म आफै पनि धेरै नै उत्साहि रहेको कुरा हलेसी मासिकका प्रधान सम्पादक छक्क सक्रिय र्राईले जानकारी दिनुभयो । भने अर्का साहित्यकार तथा पाथिभरा सेवा समाजका निवर्तमान अध्यक्ष राजेश प्रर्साईले हामीले विदेशमा रहेर पनि यस्ता कवि गोष्ठिहरु गर्न सफल भएकोमा नेपालमा र्नै वसेको अनुभुती गराएको र नवोदितले लुकेर वसेको स्रष्ठा र र्सजकहरु ख्ोज्ने र वाहिर निकाल्ने कार्य एकदमै सहृानिय रहेको खुलासा गनुभयो । त्यस्तै गरि अर्का साहित्यकर्मी तिर्थ र्राई “संगम” ले मैले सोचेकेा थिईन कि यस्तो अरवको भूमिमा पनि साहित्यको फूल फुल्दो रहेछ भन्ने तर आज यो दिनले भने प्रतिपादन गरेको र साहित्यकारको लागि एउटा उर्वरभूमिको रुपमा परिचित हुन सफल रहेकोमा संस्थालाई शुभकामना व्यक्त गर्दै कविता वाचन गर्नुभयो भने सो कार्यक्रमका क्रममा महेन्द्र अदृष्य प्रकाश वञ्जरा , मौलाधन र्राई, राजु किनारा, दर्ुलभ शाह, सहदेव पौडेल, एकलव्य राज, श्रीराम सिंखडा लगायतका स्रष्ठाहरुले आ आफ्ना गीत, गजल, हाइकु, मुक्तक, तांका, कविता वाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गराएको थियो भने आगामि भानु जयन्तीको अवसरमा वृहत कविता प्रतियोगिता, साथै मोवाईल पुस्तकालयको उद्घाटन र संस्थाले प्रकाशन गरेको “मरभूमिको साहित्य यात्रा” नामक संयुक्त गजल संग्रहको लोर्कापण गर्ने भनि जानकारी संस्थाका सदस्य प्रविण र्राईले जानकारि गारउनु भयो ।।