भानु जयन्तीमा कार्यक्रम गर्ने नवोदितको प्रस्ताव/दोहा

जुन 5, 2009

“भाषाको उत्थान, नेपालीको पहिचान” को मूल नाराका साथ खोलिएको नवोदित साहित्यिक वाचनालयले मासिक रुपमा गर्दै आएको कार्यक्रम जैहेदा पार्कमा ९ तारिख शुक्रबारका दिन महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रमका क्रममा अब आउने भानु जयन्तीका दिनमा वृहत कविता प्रतियोगिता गर्ने र कतारको साहित्यिक माहौललाई अझ परिस्कृत र व्यापक वनाउनको लागि मोवाईल पुस्तकालयको अवधारणा पनि अघि सारिएको छ । साथै सो मोवाईल पुस्तकालयको संचालनार्थ आर्थिक सहयोगको अपेक्षा सहित सम्पूर्ण साहित्यकार व्यावसायी, वुद्धिजीवी, समाजसेवीहरुमा अपिल जारी गरिएको छ ।

सो कार्यक्रमका क्रममा कतारका विभिन्न साहित्यकारहरुको जमघट गर्दै कविता, गजल, हाईकु, तांका, मुक्तकहरु वाचन गरेर साहित्यमय वनाईएको थियो भने उक्त कार्यक्रममा प्रकाश वञ्जरा, महेन्द्र अदृष्य, प्रविण राई, सायद श्री, ऐलेन, प्रेमपुजा, किशमाकिशोर, एकराज घिमिरे र इश्वर दाहाल, देव आवारा, लगायतका कविहरुले आ आफ्ना कविता, गजल वाचन गरेका थिए भने एक महिनाको कतारको साहित्यिक गतिविधि माथि समीक्षा गरिएको थियो ।


संक्रमण कालमा साहित्यकारको भूमिका

जुन 5, 2009

on May 27th, 2009

भोजराज श्रेष्ठ, दोहा-
संक्रमण कालमा साहित्यकारको भूमिका विषयक अन्तरक्रिया तथा साहित्यिक कवि गोष्ठि सनैया ३७ मा विहिवारका दिन संस्थाक उपाध्यक्ष महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो ।
भाषाको उत्थान, नेपालीको पहिचानको मुल नारा वोकेको यस सस्स्थाले दोहाको परिवेश मा साहित्यक्रमीहरुलाई समेटेर गोष्ठीहरु गरिरहेको छ त्यो एकदमै सकरात्मक र म आफै पनि धेरै नै उत्साहि रहेको कुरा हलेसी मासिकका प्रधान सम्पादक छक्क सक्रिय र्राईले जानकारी दिनुभयो । भने अर्का साहित्यकार तथा पाथिभरा सेवा समाजका निवर्तमान अध्यक्ष राजेश प्रर्साईले हामीले विदेशमा रहेर पनि यस्ता कवि गोष्ठिहरु गर्न सफल भएकोमा नेपालमा र्नै वसेको अनुभुती गराएको र नवोदितले लुकेर वसेको स्रष्ठा र र्सजकहरु ख्ोज्ने र वाहिर निकाल्ने कार्य एकदमै सहृानिय रहेको खुलासा गनुभयो । त्यस्तै गरि अर्का साहित्यकर्मी तिर्थ र्राई “संगम” ले मैले सोचेकेा थिईन कि यस्तो अरवको भूमिमा पनि साहित्यको फूल फुल्दो रहेछ भन्ने तर आज यो दिनले भने प्रतिपादन गरेको र साहित्यकारको लागि एउटा उर्वरभूमिको रुपमा परिचित हुन सफल रहेकोमा संस्थालाई शुभकामना व्यक्त गर्दै कविता वाचन गर्नुभयो भने सो कार्यक्रमका क्रममा महेन्द्र अदृष्य प्रकाश वञ्जरा , मौलाधन र्राई, राजु किनारा, दर्ुलभ शाह, सहदेव पौडेल, एकलव्य राज, श्रीराम सिंखडा लगायतका स्रष्ठाहरुले आ आफ्ना गीत, गजल, हाइकु, मुक्तक, तांका, कविता वाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गराएको थियो भने आगामि भानु जयन्तीको अवसरमा वृहत कविता प्रतियोगिता, साथै मोवाईल पुस्तकालयको उद्घाटन र संस्थाले प्रकाशन गरेको “मरभूमिको साहित्य यात्रा” नामक संयुक्त गजल संग्रहको लोर्कापण गर्ने भनि जानकारी संस्थाका सदस्य प्रविण र्राईले जानकारि गारउनु भयो ।।


रातो क्रान्ति- प्रकाश बञ्जारा “बिहानी”

जुन 5, 2009

रातो क्रान्ति- प्रकाश बञ्जारा “बिहानी”
on April 29th, 2009

दु:खले साझँ चल्हो बाल्नेहरुसँग

एक धरो दश ठाँउ टाल्नेहरुसँग

वर्गियताको भाषण ठोक्नेहरु हो

खबरदार,

यहाँ रातो क्रान्ति सुरु हुँदैछ र

सर्वहाराको स्वामित्वको लागि

भो

सुकम्वासीको बासको लागि

इन्कलाब जिन्दावाद

त्यसैले त फेरि भन्नु पर्छ

इन्कलाब जिन्दावाद

आइन्स्टाइन्सको विज्ञान रटेर

माओको क्रान्ति घोकेर

दुर्दशाको जप लाउनेहरु हो

याद राख्नु

यहाँ आगो बल्दै छ

कहिल्यै ननिभ्ने गरी

तर नआत्तिनु

समुन्द्र सुकिसकेपछि बल्नेछ

मुहानहरु घामले पट्पटि फुटेका हुनेछन्

कसरि भनेर आश्चर्य नमान्नु

किनकि यो रातो क्रान्ति हो

अन्यायको विरुद्धमा

अत्याचारको विरुद्धमा

यदि कसैका

विशाल महल छन् भने

होश गर्नु

चहर भत्किने छ

खम्वाहरु

कम्जोर हुदै जानेछन्

काहरुको गाँसको लागि

फलामहरु खियापरिसकेका हुनेछन्

अन्तत: महल ढल्नेछ

महल ढल्नु भनेकै शोषक ढल्नू हो

शोसक ढल्नू भनेकोहाम्रो जित हो

चुप लागेर बस्ने होइन

सहने होइन उठ्ने समय हो यो

अलिनो भात खानेहरुसँग

अनिंदो रात काट्नेहरुसँग

सँघियताको भाग माग्नेहरुहो

खबरदार

विभाजनको नाटक रचेर

बास हुनेहरुको घर नभत्काऊ

क्रान्ति तिमीमाथि खनिन सक्छ

किनकि यो रातो क्रान्ति शुरु हुँदै छ

विखन्डनवादीहरुको विरुद्धमा

राष्ट्रियताको वध गर्नेहरुसँग ।

खोटाङ्ग हाल: कतार


nirankusta ko namuna

जुन 5, 2009

दरबार हत्याकाण्ड भएको ८ बर्षपुगेको अवसरमा यु टुयुवमा प्राप्त युवराज दिपेन्द्र नाचेको भिडियो