गजल

जुन 18, 2009
gahalkar

gahalkar

गजल – प्रकाश बञ्जारा “विहानी”
on June 17th, 2009

उज्यालो बनि बल्नु निरन्तर
पुरानो सोच बदल्नु निरन्तर

शोषण अन्याय अशान्तिमा
तिमी बारुद चल्नु निरन्तर

भोका बस्ती झुप्राहरुमा
अन्न बनि फल्नु निरन्तर

जत्रै बिशाल आँधीहुरी होस
तिमी पहाड छल्नु निरन्तर

नया बिचार नया जमाना
थोत्रा बिचार ढल्नु निरन्तर

अविरल यात्रा कामना मेरो
शान्ति बाटो मल्नु निरन्तर
साउनेचउर -९ खोटाङ्ग,
हाल दोहा कतार


भानु जयन्तीमा कार्यक्रम गर्ने नवोदितको प्रस्ताव/दोहा

जुन 5, 2009

“भाषाको उत्थान, नेपालीको पहिचान” को मूल नाराका साथ खोलिएको नवोदित साहित्यिक वाचनालयले मासिक रुपमा गर्दै आएको कार्यक्रम जैहेदा पार्कमा ९ तारिख शुक्रबारका दिन महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रमका क्रममा अब आउने भानु जयन्तीका दिनमा वृहत कविता प्रतियोगिता गर्ने र कतारको साहित्यिक माहौललाई अझ परिस्कृत र व्यापक वनाउनको लागि मोवाईल पुस्तकालयको अवधारणा पनि अघि सारिएको छ । साथै सो मोवाईल पुस्तकालयको संचालनार्थ आर्थिक सहयोगको अपेक्षा सहित सम्पूर्ण साहित्यकार व्यावसायी, वुद्धिजीवी, समाजसेवीहरुमा अपिल जारी गरिएको छ ।

सो कार्यक्रमका क्रममा कतारका विभिन्न साहित्यकारहरुको जमघट गर्दै कविता, गजल, हाईकु, तांका, मुक्तकहरु वाचन गरेर साहित्यमय वनाईएको थियो भने उक्त कार्यक्रममा प्रकाश वञ्जरा, महेन्द्र अदृष्य, प्रविण राई, सायद श्री, ऐलेन, प्रेमपुजा, किशमाकिशोर, एकराज घिमिरे र इश्वर दाहाल, देव आवारा, लगायतका कविहरुले आ आफ्ना कविता, गजल वाचन गरेका थिए भने एक महिनाको कतारको साहित्यिक गतिविधि माथि समीक्षा गरिएको थियो ।